डेढ वर्षअघि सिमलतालमा खसेर बेपत्ता भएको बस भेटियो
चितवन । २०८१ साल असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा खसेको दुई बसमध्ये एउटा भेटिएको छ ।
अथक प्रयासका बाबजुद नभेटिएको उक्त बस झण्डै डेढवर्षपछि अहिले बालुवामा पुरिएको अवस्थामा भेटिएको जनाइएको छ । त्यस स्थानमा दुईवटा यात्रुबहाक बस खस्दा कैयौं यात्रुहरुले ज्यान गुमाएका थिए ।
सो यात्रुबहाक खोजीका लागि बंगलादेश र भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो ।
असार २८ गते वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस असार २८ गते बिहान त्रिशूली नदीमा पहिरोसँगै खसेका थिए।


