सोलुखुम्बुको दुधकोशीमा बोलेरो दुर्घटना , ९ जना घाइते(नामावली सहित)

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

सोमबार करिब १२ः०० बजेको समयमा वाकुचोकबाट माप्य दुधकोशी गाउँपालिका–७ वरोदी रोचम तर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याब बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

गाडी दुर्घटनामा परी बोलेरोमा सवार सबै ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी विकास राइले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई उद्धार गरी स्वास्थ्य चौकी वाकुमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त गाडी हाल घटनास्थलमै रहेको छ ।

घाइते हुनेहरूमा चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु बस्ने २८ वर्षीय प्रदिप राई रहेका रहनुभएको छ । उहाँको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको जनाइएको छ । सोही ठाउँ बस्ने २८ वर्षीया कुशुम राईको बायाँ कानबाट रगत बगेको र अवस्था गम्भीर रहेको छ। त्यसैगरी २७ वर्षीय बलराम राई र ३० वर्षीय देबेन्द्र राई दुवैको टाउकोमा गम्भीर चोट लागी शरीर नचल्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्य घाइतेहरूमा ३१ वर्षीय सुरेश राई (बायाँ घुँडामा चोट), १९ वर्षीय मनोज राई (बायाँ घुँडा र टाउकोमा चोट) तथा १७ वर्षीय सदिप राई (ढाडमुनि हिप र टाउकोमा चोट) रहेका छन्, जसको अवस्था मध्यम रहेको स्वास्थ्यकर्मीले बताएका छन्। दुर्घटनामा घाइते भएका २७ वर्षीया देविका राई र २७ वर्षीया सबिना राई को अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । -सोलु एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖