कांग्रेस कसैको प्राइभेट कम्पनी होइन:गगन थापा

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी कसैको प्राइभेट कम्पनी नभएको टिप्पणी गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्री थापासहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरेसँग उनले यस्तो टिप्पणी गरेको हुन् ।

विशेष महाधिवेशनको पक्षमा लागेका महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग आज (बुधबार) विहानमात्रै पनि वार्ता गरेका थिए । वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि निष्कर्षमा पुग्न सकेको थिएन । आज दिउँसो बसेको केन्द्रीय समिति बैठकले तीन पदाधिकारीलाई साधारण सदस्यसमेत नरहनेगरी पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ ।

विशेष महाधिवेशन हलमा रहेका महामन्त्री थापाले आफूहरुविरुद्धको कारबाहीबारेमा जवाफ दिँदै भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२र०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।