ताप्लेजुङका १ सय ५४ शिक्षकलाई दियो रिड नेपालले तालिम

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूलाई दिइएको तालिम बुधबार सम्पन्न भएको हो ।

गत विहीबारदेखि सुरु भएको तालिम फक्ताङलुङ गाउँपालिका –३ सिंवामा अवस्थित सिंवा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । फक्ताङलुङ गाउँपालिकाका –१ सावादिन, वडा –२ खेजेनिम र वडा –३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको थियो ।

सात दिनको शिक्षण सिकाइका क्रममा निर्माण भएका शैक्षिक सामग्रीको प्रर्दशन सहित तालिम सम्पन्न गरिएको रिड नेपाल ताप्लेजुङका प्रबन्धक राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । तालिममा सहभागी भएका शिक्षकहरूले कक्षाकोठामा प्रयोग हुने शिक्षण सामग्री निर्माण गरी प्रर्दशन गरेका थिए ।

रिड नेपालले प्रदान गरेको तालिममा पहिलोपटक सहभागी शिक्षकहरू वीरेन्द्र दाहाल र निर्मला शेर्पाले तालिम उपलब्धीमूलक भएको भन्दै तालिमबाट प्राप्त भएको ज्ञान सीपलाई कक्षा कोठामा प्रयोग गर्ने विश्वास दिलाउनु भएको छ । रिड नेपालको कार्यक्षेत्र बिस्तार भएसँगै अब रिडको कार्यक्षेत्र फक्ताङलुङका ७ वटै वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं. ६, ७ र ८ गरी १० वटा वडा कार्यक्षेत्रमा कायम भएका छन् ।

तालिमको समापन समारोहका प्रमुख अतिथि फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा (विकास), शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्‍वर भट्टराई, फक्ताङलुङ गाउँपालिका ३ नं. वडाका वडाध्यक्ष आइतराम लिम्बू, सिँवा मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मचिन्द्र लिम्बूको उपस्थित रहेको थियो ।

फक्ताङलुङ गाउँपालिकाका तीनवटा रिड नेपालको भर्खरै कार्यक्षेत्र बिस्तार हुँदा रिडको कार्यक्षेत्रमा समेटिएका हुन् । कार्यक्षेत्रमा बिस्तार भएपछि सेवा क्षेत्रका शिक्षकहरूका लागि पहिलो पटक यस्तो तालिमको आयोजना गरिएको रिड नेपालका शिक्षा विकास अधिकृत अमृता थलङले जानकारी दिनुभयो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖