विराटनगरमा भारतबाट भन्सार छली ल्याइँदै गरिएको ठूलो परिमाणको माछा बरामद

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१६ दैया क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरेको छ।

बुधबार बिहान करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १९ प १३१ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा दुई कार्टुनमा ८० केजी रहु र बिकासी जातका माछा फेला पारेको हो।

बरामद माछाको मूल्य २४ हजार रुपैयाँ बराबरको माछा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न विराटनगर–६ का २१ वर्षीय बिक्की सहनीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ प्रहरिले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।