झापाको हल्दीबारीमा मोटरसाइकल र टेम्पो एकआपसमा ठोक्किँदा चार जना घाइते

झापा । झापाको हल्दीबारी गाउँपालिका–४ अन्तर्गत मंगलबारे बजार र काजली बजारको बीचमा मोटरसाइकल र टेम्पो एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

बिर्तामोडतर्फबाट आउँदै गरेको प.१–१–१५प २४३ नम्बरको मोटरसाइकल र हल्दीबारीको एनाबारीबाट कन्काई माइ पूजाका लागि परिवारसहित जाँदै गरेको मे १ ह ५७०८ नम्बरको टेम्पो ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा टेम्पोमा सवार दुई जना तथा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि भद्रपुर लगिएको स्थानीयले जानकारी दिएका छन्।

स्थानीयका अनुसार उक्त स्थानमा दुर्घटना बारम्बार हुने गरेको छ। सो क्षेत्रमा हालसम्म ८–१० वटा सवारी दुर्घटना भइसकेका छन् भने चार जनाभन्दा बढीको ज्यान गइसकेको स्थानीयको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖