तामाङ जातिलाई डम्फू र टुङ्ना बजाउन सिकाउँदै लेटाङ नगरपालिका

लेटाङ । लेटाङ नगरपालिकाले तामाङ समुदायलाई तामाङ जातिको परम्परागत बाजा सम्बन्धि तालिम प्रदान गरेको छ । नगरपालिकाको आयोजनामा तामाङ जातिको बाजा डम्फू र टुङ्ना बजाउने १५ दिने तालिम सम्पन्न भएको हो ।

तालिममा तामाङ समुदायका १८ जना महिला र पुरुष सहभागी भएका छन् । तालिममा तामाङ सामुदायको परम्परागत बाजाका साथै तामाङ सामुदायको जन्मदेखि मृत्युसम्मका सँस्कारको विषयमा पनि जानकारी गराइएको छ ।

मंगलबार तालिमको समापन कार्यक्रम गर्दै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, प्रशिक्षक लामा लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले तामाङ समुदायको परम्परागत बाजा लोप हुने संभावना भएकाले तामाङ जातिको पहिचान संरक्षणका लागि तालिम प्रदान गरिएको बताउनुभयो । १५ दिनसम्मको तालिममा प्रशक्षिक लामाले तालिम प्रदान गर्नुभयो ।

नगरपालिकाले आदिवासी जनजाति लक्षित कार्यक्रमलाई छुट्याएको बजेटबाट यसपटक तामाङ र नेवार जातिको बाजा बजाउने तालिम सञ्चालन गर्ने निर्णय गरिएकोमा पहिलो चरणमा तामाङ जातिको तालिम सञ्चालन गरिएको आदिवासी जनजाति महासंघ लेटाङका नगर अध्यक्ष बुद्धिमान राईले जानकारी दिनुभयो । उहाँले अब नेवार जातिको बाजा बजाउने तालिम पनि चाँडै सुरु गरिने जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖