उर्लाबारीमा भव्यताका साथ मनाइयो कक्फेवा तङ्नाम, प्रथम कक्फेवा कपको उपाधि भद्रपुरलाई

उर्लाबारी । आज उर्लावारी-३ मंगलबारेमा लिम्बू समुदायले कक्फेवा तङ्नाम भव्य रुपमा मनाएका छन् । आज मंगलबारेको सालबारी सामुदायिक वन क्षेत्रमा रहेको तेनेबा माङथानमा आयोजित एक कार्यक्रमबिच येले तङ्बे ५०८६ मनाइएको हो ।

सो अवसरमा लिम्बू समुदायहरूको परम्परागत बाजा,नाचगान,परिकारलगायतका खानेकुरा पस्किएको थियो । यस्तै मौलिक पोषाकमा उपस्थित लिम्बू समुदायका कलाकारहरुले च्याब्रुङ बजाएर संस्कृति झल्काउने केलाङ नाच प्रस्तुत गरेका थिए । सो नृत्यले उपस्थित सबैको ध्यान खिचेको थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मिनादेवी खतिवडा पौडेल, किरात यक्थुम चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बा, माङथानका संरक्षक तथा समाजसेवी अर्जुन तुम्रोकलगायतका अतिथीहरूले शुभकामना व्यक्त गरेका थिए ।

पूर्वी नेपालमा सघन बसोबास रहेको लिम्बू समुदायले माघ १ गतेलाई येले तङ्बे ( कुसुङ तङ्वे) अर्थात् नयाँ वर्षको रूपमा मनाउने गर्छन् । आजबाट लिम्बू समुदायको ५०८५ लाई बिदाई गरेर ५०८६ सम्बत् सुरू भएको छ ।

आजकै दिनलाई लिम्बू समुदायहरूले कक्फेवा तङ्नाम पनि मनाउने गर्छन् । लिम्बू भाषामा कक्फेक्‍वालाई चापको फूल मानिन्छ । माघ महिनामा चाप फुल्ने भएकाले कक्फेक्‍वा तङ्नाम(पर्व) परा पूर्वकालदेखि नै मनाइदै आइएको छ ।

सो अवसरमा आयोजित कोशी प्रदेशस्तरिय प्रथम कक्फेवा कप भलिबल प्रतियोगिताको उपाधि झापा जिल्लाको भद्रपुर नगरपालिकाको टिमले जितेको छ। भद्रपुरले झापा गाउपालिकाको टिमलाई ३-० को सोझो सेटमा हराएको थियो । जितसँगै भद्रपुरले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । सो खेलको म्यान अफ दि म्याच भद्रपुरका सन्देश आचार्य घोषित भए । उनी १ हजार ५ सय नगदसहित ट्रफीले पुरस्कृत भए ।

त्यस्तै, उपविजेता बनेको झापाको टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा भद्रपुरका अविषेक कामती, आयुस निरौला, आकाश ठटाल र निशान काफ्ले क्रमश: वेष्ट मिडिल ब्लकर, वेष्ट लिब्रो, वेष्ट सटर र वेष्ट कोच घोषित भए । यस्तै, झापाका रोशन सिवाकोटी, रमित मल्ल ठकुरी क्रमश: वेष्ट सर्भर र वेष्ट स्पाइगर घोषित भए । उनीहरुले जनही १ हजार ५ सय रुपैया सहित ट्रफि प्राप्त गरेका छन् । साथै, भद्रपुरका भरत यादव म्यान अफ दि सिरिज घोषित भए । उनी ५ हजार नगद सहित ट्रफीद्वारा पुरस्कृत भए ।

यसैबिच आयोजकले प्रतियोगिता संचालनको दौरान आर्थीक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरेको थियो ।

यस्तै, आजैकी दिन थारू समुदायहरूले पनि माघी पर्व मनाउने गर्छन् । माघ महिना बाली भित्र्याउन समय भएकाले थारू समुदायले माघ महिनाभर माघी पर्व मनाउने गर्छन् । यसै दिन बरघर( गाउँको मुखिया) पनि छान्ने प्रचलन रहेको छ ।-मंगलबारे पेज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖