खाँदबारीको तुम्लिङटारमा कुमाल समुदायको माघी पर्व सम्पन्न

संखुवासभा । कुमाल समाज संखुवासभाको आयोजनामा कुमाल समुदायको महान चाड माघी पर्व खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा आज विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा कुमाल समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने सांस्कृतिक नृत्य, गीत तथा झाँकी प्रस्तुत गरिएको थियो । साथै, माघी पर्वको ऐतिहासिक र सांस्कृतिक महत्वबारे वक्ताहरूले चर्चा गर्दै समुदायबीच आपसी एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने सन्देश दिएका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा कुमाल समुदायका अग्रज व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले माघी पर्वलाई केवल चाडको रूपमा मात्र नभई नयाँ वर्षको सुरुवात, आत्ममूल्यांकन र सामूहिक विकासको संकल्प गर्ने अवसरका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल कुमाल समाज संखुवासभाले यस्ता कार्यक्रमहरूले कुमाल समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक–सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ ।-खांदबारी एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖