कवि उमेश अकिञ्चनको एकल कविता वाचन सम्पन्न

पोखरा । नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम हालै सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नरको हलमा जम्मा भएका पोखरेली दर्शक एवम् स्रोतासामु उनले आफ्ना एक दर्जनभन्दा बढी कविता सुनाएका थिए ।

विराटनगरमा जन्मिएर काठमाण्डौलाई आफ्नो कर्मभूमिं बनाएका कवि उमेशले आफूले देखेको भोगेको समय ,समाज र परिवेशले नै आफूलाई कविता लेख्न प्रेरित गरेको बताउँदै कविले जिन्दगीको उकाली ओरालीले गाएका संघर्षका गीतहरु,सामाजिक परिवेशभित्र हराएका नैतिकताहरु, सहरको बोक्रे रमझमले बिर्साएको सम्बन्धका हिसाबकिताबहरु,समयको दौडमा पछाडी परेका अकर्मण्य धावकहरुको गतिको निकै गहिरोसँग गरेका मापनका कविताहरु सुनाए ।

कविले कविता वाचन गर्दै गर्दा कहिले कविताको रचना गर्भ सुनाउथे त कहिले समकालिन कविता माथी आफ्नो विचार राख्थे त कहिले अग्रज,समकालिन र अनुज कविहरुसँगको साहित्यिक यात्राको गोरेटोहरु सम्झिन्थे । यसले कविता श्रवणमा थप रौनक थपिरहेको हुन्थ्यो । दर्शकदीर्घामा थिए साहित्यकार सरुभक्त, रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, सरस्वती श्रेष्ठ ‘सरू’, सरस्वती प्रतीक्षा, डा.ईश्वरमणि अधिकारी, डा.लक्ष्मीशरण अधिकारी लगायत थुप्रै पोखरेली साहित्यकार एवम् साहित्यानुरागीहरू । उनले मानवीय संवेदना, राजनीतिक विकृति, सामाजिक विकृति एवम् राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्दर्भका समेटिएका कविता सुनाए । उनले वैदेशिक रोजगारीको बाध्यता यसरी सुनाए ः

डोरीले बाँधेको
३० केजीको सुटकेसभन्दा गह्रुङ्गो मुटु बोकेर
छाड्नुपर्छ यो देश
लाखौँ युवाहरूले ।
कविहरू जीवनलाई अनेक भावसँग साट्छन् र जीवनको परिभाषा पनि आफैँ बनाउँछन् । कावि अकिञ्चनले पनि जीवनसँग सम्बन्धित यस्तै भाव कवितामै सुनाए ः

ब्ल्याकबोर्डमा बुढो टिचरको
काँप्ने हातले लेखेका
अल्जेब्राका फर्मुला सम्झेझैँ गरी
पाइला पाइला गनेर
रोकिँदै हिँड्नु, हिँडेर रोकिनु
यही हो सायद जीवनको कडी ।

कल्पनामा उडान भरेर कविता कोर्ने र जीवनसँग जोडेर कविता कोर्नेका बिचमा फरक छ भन्दै यी सरकारी कर्मचारी कवि आफ्नो कविता कर्मलाई यसरी सुनाए ः

म दुई थोपा मसी खर्चेर
गाउँका दूरदराजसम्म
पु¥याएर पानीका धारा
तिर्खाएका ओठहरूमा
सन्तुष्टिका टिप्पणी सदर गरिरहेछु ।

यी र यस्तै विभिन्न भावका दर्जनबढी कविता वाचन गरिसकेसँगै साहित्यकार सरूभक्तले सम्पूर्ण पोखरेलीका तर्फबाट उनको साहित्यिक जीवनको शुभकामना प्रकट गरे । कवि उमेश अकिञ्चन सरल , शिष्ट र शालिन रहेको र उनको कविता पनि त्यस्तै सरल र शालिन भैकन पनि स्वभाविकरुपमा बिम्बहरुको प्रयोग गरिएको बताउँदै एक राष्ट्रसेवक कर्मचारीका हातले यति सुन्दर कविता लेख्नु आफैँमा सुन्दर संयोग भएको भन्दै उनले कविको प्रशंसा गरे ।

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष दीपक समीपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि परिचय र स्वागत उपाध्यक्ष लक्ष्मण थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सञ्जीव पौडेलले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।