‘नेवा:पुच:यूएई द्वारा उपाध्यक्ष बज्राचार्य सम्मानित
सचिन्द्र श्रेष्ठ,युएई । नेवा ;पुच:यूएईले वर्ल्ड नेवा अर्गनाइजेशनको पाँचौ अन्तरराष्ट्रीय सम्मेलनमा उपाघ्यक्ष पदमा निर्बाचित समन्त बज्राचार्यलाई बधाई तथा सम्मान सहितको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
यूएईको दुबईमा एक कार्यक्रमको आयोजना गरि नेवा: पुच: यूएईका अध्यक्ष बिरेन्द्र नकर्मीले अमेरिका निवासी समन्त बज्राचार्य तथा उनको परिवारलाई खादा, दोसल्ला र मायाको चिन्हले सम्मान तथा बधाई गरिएको थियो।
नेवा: पुच: यूएईका महासचिब कुमार बलामी, संरक्षक प्रमोद श्रेष्ठ ,उपाध्यक्ष दीपेश श्रेष्ठ,कोषाध्यक्ष नबीना शाक्य लगायत पुच :मा आबद्ध सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न बक्ताहरुले बोल्दै निर्बाचित उपाध्यक्ष बज्राचार्यलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना मन्तब्य दिएका थिए ।
गत अगस्त २०२५ दुबईमा पाँचौ महाधिवेशन सम्पन्न भएको थियो। उक्त अधिबेशनले मनोहर श्रेष्ठको अध्यक्षतामा १९ जनाको कार्यसमिति हुने गरी ४ जना उपाध्यक्ष सर्वसम्मत निर्विरोध निर्वाचित भएका थिए।
विश्वभरि छरिएर रहेका नेवाहरू एकत्रित भएर आफ्नो कला, संस्कृति, भाषा, परम्परा, भेषभूषा र मौलिक पहिचानको संरक्षण गर्दै आफ्नो समुदायको एकतालाई विश्वव्यापी बनाउन वर्ल्ड नेवा: अर्गनाइजेसनको २ नोभेम्बर २०११ मा स्थापना भएको हो।


