यि हुन् अस्ट्रेलियामा कारको ठक्करबाट मृत्यु भएका सुनसरीकी हिमाली
सुनसरी । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ ।
शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङ (हिमाली)को दुर्घटनामा मृत्यु भएको हो ।
परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेकी थिइन् । सुनसरी इनरूवा नगरपालिका ३ नम्बर वडा स्थित गुरूङ टाेल स्थायी बसाेबास भएकी मृतक ५३ वर्षीया विष्णु कुमारी गुरुङलाई हिमाली नामले पनि चिनिन्थ्यो ।
उनी नेपालबाट पर्थ पुगेको तीन दिनमै रिभरभेलस्थित युनिटमा सुतिरहेको बेला कार ठोक्किँदा ज्यान गुमाइन्। पुलिसका अनुसार पहेँलो रंगको फोर्ड फल्कन सेडान एलेक्जान्डर रोडमा गुडिरहेको बेला सडक छाडेर राति करिब ११:४० बजे घरमा ठोक्किएको थियो। गुरुङको घटनास्थलमै मृत्यु भएको थियो।


