उदयपुरकी एक युवतीको कुवेतमा निधन
उदयपुर । उदयपुर घर भई हाल बैदेशिक रोजगारीका लागि कुवेत रहेकी एक युवतिको ज्यान गएको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर– ३ की कोपिला थामीको हृदयघातका कारण मृत्यु भएको हो ।
स्रोतका अनुसार कोपीला कार्यरत क्षेत्रमा इरानले अमेरिकी सेनाको क्याम्प लक्षित गरी ड्रोन प्रहार गरेको थियो ।
सोही विस्फोटनको आवाजले एक्कासी आत्तीएकी उनलाई हृदयघात भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनी केही समयअघि पारिवारिक दुःख टार्न विदेसी भूमि कुवेत पुगेकी थिइन् ।
यता उदयपुरबाट नवनिर्वाचित रास्वपा सांसद पारश मणि गेलालले सामाजिक संजालमार्फत घटनाबारे जानकारी राख्दै मृतकको शव नेपाल ल्याउन तत्काल पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।


