समिर बलामी दोस्रो पटक चलचित्र पत्रकार संघको अध्यक्षमा निर्वाचित
काठमाडौं, ६ बैशाख । समिर बलामी दोस्रो पटक चलचित्र पत्रकार संघको अध्यक्षमा निर्वाचित भएका छन ।
संघको २७औँ साधारण सभा तथा १० औँ महाधिवेशनबाट बलामी दोस्रो पटक निर्वाचित भएका हुन ।
शनिबार राति सम्पन्न निर्वाचनमा खसेको कुल मत १४० मध्ये ९५ मत ल्याएर अध्यक्ष पदमा बलामी पुनः निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत सिमित भएका थिए ।
उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा ७३ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी नवीन गिरीले ६२ मतमा सिमित भए भने अर्का उपाध्यक्ष (कार्यक्रम)तर्फ भने कुमार आचार्य निर्विरोध निर्वाचित भएका थिए ।
अर्को उपाध्यक्ष (महिला) मा दीपज्योती थापाले ७५ मत ल्याएर विजयी हुदाँ सुष्मा कार्कीले ६२ मतमा चित्त बुझाउन बाध्य भइन ।
त्यसैगरी महासचिव पदमा गोपीकृष्ण चापागाईँले ५४ मत ल्याएर निर्वाचित हुदाँ निकटतम प्रतिस्पर्धि मनिष कार्कीले ४४ मत प्राप्त गरेका थिए भने महासचिवका ४ उम्मेदवारमध्ये सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मतमा सिमित भए ।
संघको सचिवमा मदन रिजालले ९४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत पाउन सफल भए । सचिव (समावेशी) भने महम्मद जलिम निर्विरोध निर्वाचित हुन सफल भए ।
कोषाध्यक्षमा मनिष अञ्जान दाहालले ७४ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी निशा बजगाईँले ६५ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, सह कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा अर्जुन गुरागाईंले ६२ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिस्पर्धी भोला सुवेदी प्रनपले ४२ मत प्राप्त गरेका थिए ।
सदस्य पदका सबै उम्मेदवारहरू भने निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुने सदस्यहरूमा सुशिल नेपाल, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल ९पूजा०, रतनबहादुर चन्द, सालिकराम न्यौपाने, नवीन चापागाईं, दीपराज क्षेत्री रहेका छन् ।
अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।


