स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कूल १८ सय ८ दरबन्दी अन्तिम स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भई उक्त दरबन्दीको सूची स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको हो।

मन्त्रालयका अनुसार स्वीकृत भएका यी पदहरूमा अब छिट्टै लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुल्ला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ।

मन्त्रालयमा पहिलेदेखि कायम रहेको मौजुदा ८३१ दरबन्दीमा यसपटक ९७७ नयाँ दरबन्दी थप गरिएको हो। योसँगै अब मन्त्रालयको संघीय पुल अन्तर्गत कूल दरबन्दी संख्या १८०८ कायम भएको छ। यस नयाँ संगठन संरचनामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।

यो स्वीकृत सूची मन्त्रालयको ‘संघीय पुल दरबन्दी’ को संरचना मात्र हो। सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा भने निकट भविष्यमै प्रदेश र स्थानीय तहहरूमा ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जानकारी दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।