छैठौं आदिवासी जनजाति चलचित्र महाेत्सव हुँदै

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३” जेठ तेस्रो साता हुने भएको छ ।

आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा चलचित्र महाेत्सव आयोजना हुने आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालजस्तो बहु–राष्ट्रिय, बहुभाषिक तथा बहुसांस्कृतिक सभ्यतागत संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोक–ज्ञान, आध्यात्मिक अनुभव तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत पुनर्स्थापित गर्ने ऐतिहासिक उद्देश्यसहित आयोजित यो महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण, ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोध तथा एपिस्टेमिक स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिनेम्याटिक आन्दोलन हो ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘आदिवासी चलचित्र केवल कलात्मक अभिव्यक्ति नभई समुदायको ब्रह्माण्ड–दृष्टि, प्रकृतिसँगको सम्बन्ध, पूर्वजगतसँगको संवाद, सामूहिक स्मृति र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा उदाएको छ । आदिवासी समुदायका भाषा, संस्कार–संस्कृति, विश्वास प्रणाली, अनुष्ठान, मौखिक इतिहास तथा ज्ञान–परम्परालाई चलचित्रमार्फत अभिव्यक्त गर्ने प्रक्रिया केवल सिर्जनात्मक अभ्यास होइन; यो सांस्कृतिक पुनरुत्थान, पहिचान–राजनीति र एपिस्टेमिक प्रतिरोधसँग अन्तर्सम्बद्ध एक गहिरो ज्ञान–परियोजना हो ।’

नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका छन् । विगतका प्रयासहरूले आदिवासी पहिचानलाई दृश्यता दिने प्रारम्भिक आधार निर्माण गरेका थिए भने वर्तमानका सिर्जनाहरूले मातृभाषा, भूमि–सम्बन्ध, पूर्वजगत, लोक–ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना, ध्वनि–विसंरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य–दर्शनको विकास गरिरहेका छन् । आदिवासी चलचित्रमा भूगोल, पात्र, कथा, संगीत, भाषा र क्यामराको अवाचिक संकेतन केवल प्राविधिक संयोजन होइनन्; ती समुदायको विश्वदृष्टि, ज्ञान–परम्परा, सांस्कृतिक आत्म–चेतना र सामूहिक अस्तित्वलाई पुनरुत्पादन गर्ने जीवित सांस्कृतिक माध्यम हुन् ।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् । कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ”, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ । लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् । त्यसैगरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ ।

महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने संयाेजक सागर केरुङले बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।