ओखलढुंगाका एक युवकको दक्षिण कोरियामा सवारी दुर्घटनामा परेर निधन

सोल । दक्षिण कोरियामा कार्यरत एक नेपाली युवाको सवारी दुर्घटनामा परी निधन भएको छ।

ओखलढुंगाका गणेश थापा विगत करिब तीन वर्षदेखि दक्षिण कोरियाको पोछन क्षेत्रमा रहेको एक गाई फार्ममा कृषि श्रमिकका रूपमा कार्यरत थिए।

प्राप्त प्रारम्भिक जानकारीअनुसार फार्मका लागि आवश्यक सामान ल्याउन प्रयोग हुने सानो सवारी साधन लिएर उनी बजार गएका थिए। बजारबाट कार्यस्थल फर्किने क्रममा उक्त सवारी साधन दुर्घटनामा परी पल्टिएको र सवारीले थिचिँदा उनको घटनास्थलमै मृत्यु भएको अनुमान गरिएको छ।

थापा कार्यरत फार्म दुर्गम क्षेत्रमा रहेको बताइएको छ। घटनाबारे दक्षिण कोरियास्थित नेपाली समुदाय तथा सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।