रास्वपा धनकुटाको सभापतिमा भुवन थापा
धनकुटा, जेठ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
आइतबार सम्पन्न अधिवेशनले भुवन थापा लाई जिल्ला सभापतिमा चयन गरेको हो।
त्यसैगरी उपसभापतिमा नारद बहादुर कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिव एवं संगठन विभाग प्रमुखमा सिराज जोसी चयन भएका छन्।
नवनिर्वाचित समितिका सदस्यहरूमा फडिन्द्र थापा, प्रेम बहादुर कार्की, बिमला गहतराज, मनोज खड्का र पुजन गिरी रहेका छन्।


