धनकुटामा लैङ्गिक हिंसा प्रतिकार्य सम्बन्धि तीन दिने क्षमता विकास तालिम सम्पन्न

धनकुटा । धनकुटामा लैङ्गिक हिंसा प्रतिकार्य मञ्च तथा सरोकारवालाहरूका लागि आयोजित तीनदिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

धनकुटा नगरपालिकाको आयोजना तथा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना कार्यान्वयन इकाइको समन्वयमा जेठ २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

धनकुटा नगरपालिकाको सभाहलमा आयोजित तालिममा सहभागीहरूलाई लैङ्गिक हिंसा रोकथाम, हिंसाको प्रतिकार्य, पीडितमैत्री सेवा प्रवाह तथा सम्बन्धित कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमले लैङ्गिक हिंसाविरुद्ध प्रभावकारी प्रतिकार्य प्रणाली निर्माण, सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि तथा पीडितलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक ज्ञान र सीप विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ।

कार्यक्रमका सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा अनुभवलाई व्यवहारमा लागू गर्दै लैङ्गिक हिंसा न्यूनीकरण र पीडितको अधिकार संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।