धनकुटा बस दुर्घटना अपडेट (घाइतेको नामावली सहित)

धनकुटा,२९ जेठ । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारी स्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बजे अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मूलघाटबाट प्रहरी सहायक निरीक्षक हरीकुमार राईको कमाण्डमा ४ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १३ जनाको थप टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाएको जनाएको छ।

दुर्घटनामा धरान उपमहानगरपालिका–११ की २८ वर्षीया सबिता थापा, उनकी १६ वर्षीया छोरा आरुस बस्नेत, सुन्दरहरैँचा नगरपालिका–११ की २६ वर्षीया अमृता तामाङ, उनकी ३ वर्षीया छोरी सृयान्सी तामाङ, धर्मदेवी नगरपालिका–१ की ३४ वर्षीया अनिसा कटुवाल, महालक्ष्मी नगरपालिका–६ की २५ वर्षीया सङ्गीता राई, धर्मदेवी–१ की ११ वर्षीया पवित्रा कटुवाल, कानेपोखरी गाउँपालिका–६ का ४७ वर्षीय चक्रबहादुर तामाङ, धर्मदेवी नगरपालिका–३ की १५ वर्षीया संजिला खत्री तथा बसका सहचालक धर्मदेवी–१ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र संखुवासभा धर्मदेवी १ की अन्दाजी ५० बर्षिया देविमाता कार्की घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको हातखुट्टा र टाउकोमा सामान्य चोट लागेको छ भने अमृता तामाङको टाउको तथा अनुहारमा चोट लागेकाले उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि केही समय प्रभावित बनेको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖