‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’को विजेता बने निशान्त र संगीना

काठमाडौं । ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख)) प्रथम घोषित भएका छन् । आइतबार अबेर राती सम्पन्न फाइनल प्रतियोगीतामा उनीहरुले १७ टिमलाई पछि पर्दै शिर्ष विजेता बन्न सफल भएका हन् । प्रथम भएका बिक र थापा मगरले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा तीन दिन चलेको प्रतियोगीतामा सरोज सिंखडा र जमुना विश्वकर्मा (प्रतिष्ठान बागमती प्रदेश (क)) द्वितीय र मानव रावत क्षेत्री र भावना अर्याल (प्रतिष्ठान मधेश प्रदेश (क)) तृतीय घोषित हुदा राजमान खत्री र शान्ता वली (प्रतिष्ठान लुम्बिनी प्रदेश (ख))ले सान्तोना पुरस्कार प्राप्त गर्यो । द्वितीयले २ लाख, तृतीयले पुरस्कार १ लाख र सान्त्वनाले ५० हजार नगद पुरस्कारको रुपमा प्राप्त गरे ।

जेठ २९ गते सुरु भई ३१ गतेसम्म चलेको प्रतियोगीतामा उत्कृष्ट गायक राजु लामिछाने (प्रतिष्ठान बागमती प्रदेश (ख)), उत्कृष्ट गायिका जमुना सुनार (प्रतिष्ठान उपत्यका समन्वय समिति (क)), उत्कृष्ट नव गायक बिक्रम गहतराज (प्रतिष्ठान सुदुरपश्चिम प्रदेश (ख)), उत्कृष्ट नव गायिका शितल कल्पना विक (प्रतिष्ठान कर्णाली प्रदेश (ख)), अनुशासित गायक बेल बहादुर परियार (प्रतिष्ठान मधेश प्रदेश (ख)), अनुशासित गायिका शान्ति कार्की ( प्रतिष्ठान चण्डीगढ), उत्कृष्ट भेषभूषा (पुरुष) प्रितम पोखरेल (प्रतिष्ठान युके)र उत्कृष्ट भेषभूषा (महिला) सीता माझी (प्रतिष्ठान कोशी प्रदेश (क)) बन्न सफल भए ।

नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्यले आयोजना गरिएको प्रतियोगीता सोचेभन्दा भब्य भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् । प्रतियोगिता अगाडि सहभागी टिमलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टिम छनोट गरेको थियो ।

भव्य उद्घाटन सहित सुरु भएको प्रतियोगीतामा थुप्रै चर्चित लोकगायक गायिका, राजनीतिक नेता तथा बिभिन्न ब्यक्तिहरुको सहभागीता थियो । प्रतियोगीताको मूल समारोहको संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर आफैँ रहेकी थिइन् भने सह–संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उप–संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी रहेका थिए । सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका थिए, भने कार्यक्रम निर्देशकका रूपमा उज्वल जंग ठकुरी रहेका छन् । मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकारहरू विभिन्न उपसमितिमा थिए ।

करिब २० हजार दर्शकले अवलोकन गरेको कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको थियो, संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका थिए । नुवाकोट उद्योग वाणिज्य संघ यसको प्रवद्र्धक रहेको प्रतियोगीताको मुख्य सहयोगी संस्थाको रूपमा नुवाकोट निर्माण व्यवसायी संघ रहेको थियो ।

आयोजक प्रतिष्ठानले प्रतियोगीता सफल बनाउन सहयोग गर्ने र सहभागी कलाकार, लोक सङ्गीतप्रेमी, सञ्चारकर्मी र आम नागरिकलाई धन्यवाद समेत ब्यक्त गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।