मधेश प्रदेश सरकारको ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको बैठकमा सोमबार अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन्।

सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्चभन्दा पुँजीगत खर्चलाई बढी प्राथमिकता दिइएको छ। कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् ३५.५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् ६४.३५ प्रतिशत बजेट विनियोजन गरिएको छ। बजेटले विशेष गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र वन क्षेत्रको सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ।

बजेटको स्रोत व्यवस्थापनका सम्बन्धमा अर्थमन्त्री भट्टराईले आन्तरिक स्रोत तथा राजश्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बेहोरिने प्रस्ताव गरेका छन्। त्यसैगरी, संघीय सरकारबाट राजश्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड र वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ। बजेटमा चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ उपयोग गरिने उल्लेख छ भने अपुग रकम पूर्ति गर्न एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाइने अर्थमन्त्रीले जनाएका छन्।

संघीय सरकारबाट प्राप्त हुने अनुदानको संरचनामा वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदानतर्फ ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानबाट ९४ करोड ७४ लाख र विशेष अनुदानबाट ७० करोड गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने सरकारी प्रक्षेपण रहेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖