क्यानडामा सडक दुर्घटनामा परी भोजपुरकी लाक्पा सहित दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । उच्च शिक्षा हासिल गरी उज्ज्वल भविष्य निर्माण गर्ने सपना बोकेर क्यानडा पुगेकी भोजपुरकी लाक्पा याञ्जी शेर्पाको सवारी दुर्घटनामा निधन भएको छ। उक्त दुर्घटनामा कास्कीका राजीव श्रेष्ठको पनि ज्यान गएको छ।

मध्य क्यानडाको ओन्टारियो प्रान्तमा भएको दुर्घटनामा २२ वर्षीया लाक्पा र राजीवको मृत्यु भएको हो। लाक्पा नर्सिङ अध्ययनरत थिइन् भने राजीव सूचना प्रविधि (आईटी) विषय अध्ययन गरिरहेका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अनुसार लाक्पाले टोरन्टोस्थित फ्लेमिङ कलेजबाट नर्सिङ अध्ययन भर्खरै पूरा गरेकी थिइन्। राजीवले पनि टोरन्टोको महक कलेजमा आईटी अध्ययन गरेका थिए।

प्राप्त जानकारीअनुसार जुन ९ र १० मा आयोजित दीक्षान्त समारोहमा सहभागी भएपछि उनीहरू घर फर्किने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनीहरू सवार एसयूभी गाडीमा आगलागी भएको बताइएको छ।

ओन्टारियो प्रदेश प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दुर्घटनापछि गाडीमा आगो लागेको थियो र दुवैको घटनास्थलमै मृत्यु भएको थियो।

एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै विद्यार्थीको शव हाल टोरन्टोस्थित अस्पतालमा राखिएको छ। परिवारको आग्रहअनुसार लाक्पाको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ भने राजीवको अन्त्येष्टि कहाँ गर्ने भन्ने विषय अझै टुंगो लागेको छैन।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।