धनकुटाको पाख्रीबासमा एमाले परित्याग गर्दै पूर्व वडा सदस्य समाल रास्वपामा प्रवेश
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेकपा एमाले परित्याग गर्दै पूर्व वडा सदस्य बिरेन्द्र समाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
गत स्थानीय तह निर्वाचनमा पाख्रीबास नगरपालिका–१० बाट नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित समालले एमाले छाडेर रास्वपामा आबद्ध भएका हुन्।
समाललाई रास्वपा पाख्रीबास नगर समितिका सभापति विष्णु विक्रम निरौला लगायतका नेताहरूले पार्टीमा स्वागत गरेको नगर समितिले जनाएको छ।
यस प्रवेशसँगै पाख्रीबास क्षेत्रमा रास्वपाले आफ्नो संगठन विस्तारलाई थप तीव्र बनाएको जनाएको छ।


