सदर चिडियाखानामा भेटियो बर्डफ्लु

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखानाले सूचना जारी गर्दै संक्रमण नियन्त्रण तथा आगन्तुकहरूको सुरक्षालाई ध्यानमा राखी आजदेखि लागू हुने गरी सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ।

चिडियाखाना प्रशासनका अनुसार बर्डफ्लु संक्रमण पुष्टि भएसँगै थप फैलावट रोक्न आवश्यक सावधानीका उपायहरू अवलम्बन गरिएको छ। संक्रमणको जोखिम न्यूनीकरण गर्न र जीवजन्तुको स्वास्थ्य अवस्थाको निगरानी गर्न चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।

बर्डफ्लु पुष्टि भएपछि सम्बन्धित निकायहरूले चिडियाखाना परिसरमा आवश्यक परीक्षण, निगरानी तथा नियन्त्रणका कार्यक्रम अघि बढाएका छन्। चिडियाखाना कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्नेबारे भने हालसम्म कुनै जानकारी दिइएको छैन।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।