रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमतमा राजसंस्थाको पक्षमा रहेका मतदाताको समर्थन पनि समावेश रहेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै लिङ्देनले परिवर्तनको अपेक्षा राख्ने विभिन्न राजनीतिक धारका नागरिकहरूले रास्वपालाई समर्थन गरेको उल्लेख गरे।

“प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,” उनले भने, “नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो। तर राप्रपालाई मत नदिई बालेनले राजा ल्याउँछन् भन्ने विश्वास गरेर रास्वपालाई मत दिनेहरू पनि छन्।”

लिङ्देनले रास्वपाले प्राप्त गरेको जनसमर्थन विविध अपेक्षा र आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले त्यसलाई सम्बोधन गर्ने विशेष जिम्मेवारी पार्टीमाथि रहेको बताए।

“त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ। जनताको यो चाहना र अपेक्षालाई सम्बोधन गर्नुपर्नेछ,” उनले भने।

उनले वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्ने र वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेका नागरिकहरूको भावना बुझेर राजनीतिक दलहरूले काम गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भई शुभकामना मन्तव्य राखिरहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖