धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

काठमाडौं, ०८ असार । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ। नगर गौरवका आयोजना र युवा लक्षित कार्यक्रमलाई समेत बजेटले विशेष महत्व दिएको छ। आइतबार सम्पन्न नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १ अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटका लागि आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ तथा नेपाल सरकारको वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने जनाइएको छ।

उपमहानगरका अनुसार आगामी वर्षको बजेटले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिएको छ। नगर गौरवका आयोजना सञ्चालन, वडा स्वास्थ्य क्लिनिकको सुदृढीकरण तथा विकास आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि ‘आयोजना बैंक’ स्थापना गरिने योजना पनि बजेटमा समावेश गरिएको छ।

युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले सीप तथा रोजगार मेलालाई आगामी वर्ष पनि निरन्तरता दिइने उपमहानगरले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖