लिम्बु महिला (कियाचु थामेन्दिङ)को हाजिरी जवाफ तथा लिम्वु भाषाको वक्तृत्वकला प्रतियोगिता सम्पन

मेटिस्टोन । गत ३ जुन २०२६ का दिन किरात याक्थुङ चुम्लुङ (केवाईसी) थामेन्दिङमा चुम्लुङ युकेले अन्तर साखा हाजिरी जवाफ तथा लिम्वु भाषामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्यो ।

मेटिस्टोन स्थीत चुम्लुङदेनको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा केवाईसी वेल्स साखावाट दिपक येङ्देन, सुनिला जबेगु र रोशनी चेम्जोङको टोलीले प्रथम स्थान हासिल गर्यो भने केवाईसी ग्रेटर लण्डन जेष्ठ साखावाट चिरेन्द्र लावुङ, कोमल सेने र वुद्धमाया लिम्वुको टोली दोश्रो स्थानमा रह्यो । तेश्रो स्थानमा रहेको केवाईसी थोरक साखावाट लक्ष्मी लिवाङ्,युवराज इस्पो र सेरु इङ्नाम सहभागि भएका थिए । हाजिरी जवाफ प्रतियोगितामा ८ वटा साखाहरुले सहभागिता थियो ।

मेल्लुङ फुसिङमा –सयमुन्द्रि छिनाउने/वागदत् दिने) विषयमा लिम्वु भाषामा भएको वक्तिृत्वकला प्रतियोगितामा केवाइस्ी ग्रेटर लण्डन जेष्ठ साखाका लोक वहादुर सेने प्रथम, केवाईसी ग्रेटर लण्डन साखाका भक्ति आङदेम्वे दो्रश्रो र केवाइसी थोरक साखाकी इन्दु पन्धाक इस्वो ते्रश्रो भएकी थिइन्।

भाषा तथा सस्कृति विद् येहाङ लावती,समाजसेवी तथा कलकार नरकुमारी वनेम र वक्तृत्वकला प्रतियोगिताको पुर्व विजेताहरु सानु सुव्वा र पुर्ण वोख्खिमले प्रतियोगिहरुको मुल्याङकन गरेका थिए । प्रतियोगिताको परिणाम सुनाउदै मन्तव्य दिने क्रममा निर्णायक मण्डलको संयोजक रहेका लावतीले विदेसमा रहेर त्यसमा पनि महिलाहरुले आफनो पहिचान वचाउनको लागि याक्थुङ इतिहास, मुन्धुम, भेषभुषा, भाषा,संस्कार र सस्कृतिलाई समेट्ने महत्वपुर्ण कार्यक्रम आयोजना गरेकामा आयोजकको खुलेर प्रंशसा गर्दै यस्तो कार्यक्रम स्वयम चुम्लुङले गर्नुपने साथै वर्षमा दुइ पटक गर्नु पर्ने सुझाव दिनु भयो।

कार्यक्रममा विभिन्न क्षेत्रमा अग्रणी महिलाहरुलाई उनीहरुको दिएको योगदान तथ सफलताको लागि कदर पत्र तथा दोसल्ला ओढाई सम्मान प्रदान गरिको थियो। सम्मान पाउनेहरुमा केवाईसी युके प्रथम महिला अध्यक्ष कमला सेन्दाङ लिम्वु, नेपाल पत्रकार महासंघ युके प्रथम महिला अध्यक्ष विमला सेने, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष नेत्रकला युमा लिम्वु, ग्रेटर रसमोर नेपाली समाजकी अध्यक्ष लिला सेलिङ मावो, सेवारो कलाकार संघ युकेकी अध्यक्ष इन्दु पन्धाक, केवाईसी वेन्सा चुम्भोकी अध्यक्ष हाङ्मा लावती, केवाईसी मेडिस्टोन साखाकी अध्यक्ष मेनुका अन्छङवो, केवाईसी कोलचेस्टर साखाकी अध्यक्ष राजकुमारी तेयुङ, गीतकार सानु सुव्वा, व्याडमिन्टन राष्ट्रिय खेलाडी सकुन नेम्वाङ, गीतकार होमा पाहिम, कलाकार दिलु मादेन, गायिका तथा नायिका विष्णु चेम्जोग लगायत रहेका थिए ।

केवाईसी युकेकी केन्द्रीय अध्यक्ष कमला लिम्वु कार्यक्रमको प्रमुख अतिथी रहेकी थिईन भने औपचारिक कार्यक्रमलाई महासचिव सुभा नेम्वाङले संचालन गरेकी थिइन । दोश्रो चरणको सम्मान कार्यक्रमलाई सचिव धन कुमारी थोक्लीहाङले संचालन गरेकी थिइन।

कार्यक्रममा केवाइसी युकेका संस्थापक अध्यक्ष खड्कजंग आङवोहाङ, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विश्वास दीप तिगेला, पाँचथार समाज युकेका अध्यक्ष नगेन्द्र नेम्वाङ, एन एर एन ए युकेका महासचिव जुरेन्द्र खजुम, याक्थुङ कल्चर एन हेरिटेज युकेका संयोजक गणेश इजम, युमा साम्यो युकेका अध्यक्ष प्रकास चोंवाङ, मिडिया कर्मी दिनेश लिङखिम,नायिका विष्णु चेम्जोग लगायत केवाईसी युकेको शाखा अध्यक्षहरु तथा पदाधिकारीहरुको वाक्लो सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व थामेन्दिङमाकी अध्यक्ष मन माया नेम्बाङले गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।