जुलाई ५ मा दुबईमा रक्तदान कार्यक्रम हुने

सचिन्द्र श्रेष्ठ,युएई । नेपाली रक्तदाता संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली समाज यूएईमा आबद्ध ६६ वटा संघ–संस्थाहरूको सहकार्यमा आगामी २०८३ असार २१ गते आइतबार (५ जुलाई २०२६) दुबईस्थित Dubai Blood Donation Center, DHA Headquarters मा विशाल रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

“हाम्रो विश्वव्यापी अभियान : जहाँ नेपाली, त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त कार्यक्रमले यूएईमा रहेका नेपाली समुदायबीच रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक रगतको आपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रम बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन हुनेछ। सहभागी रक्तदाताहरूको सहजताका लागि बुर दुबईबाट निःशुल्क Pick & Drop सेवा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
नेपाली रक्तदाता संघ यूएईका अनुसार रक्तदान केवल सामाजिक सेवा मात्र नभई मानव जीवन बचाउने महत्वपूर्ण कार्य हो। “रक्तदान जीवनदान, महादान” भन्ने सन्देशलाई आत्मसात गर्दै धेरै भन्दा धेरै नेपाली समुदायलाई कार्यक्रममा सहभागी गराई रक्तदान गर्न अनुरोध गरिएको छ।

यस अभियानमा नेपाली समाज यूएई अन्तर्गत आबद्ध विभिन्न जातीय, क्षेत्रीय, सामाजिक तथा पेशागत संघ–संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। आयोजकहरूले यो कार्यक्रमलाई यूएई स्थित नेपाली समुदायको साझा मानवीय अभियानका रूपमा सफल बनाउन सबैलाई सहयोग र सहभागिताका लागि आह्वान गरेका छन्।

कार्यक्रमका आयोजकहरूले रक्तदान मार्फत मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।