तीन महिना यताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

काठमाडौं, १६ असार । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयर कारोबार तीन महिनायताकै उच्च स्तरमा पुगेको छ। सोमबार नेप्सेमा सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो।

सोमबार कुल २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा ग्लोबल आइएमई बैंकको मात्रै ८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ३.३० प्रतिशत हो। यसअघि बैंकको सेयरमा गत चैत १८ गते ९ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो।

सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँ ६० पैसाले बढेर २३९ रुपैयाँ ३० पैसामा पुगेको छ। पछिल्ला वर्षहरूमा बैंकको सेयर मूल्य २०० देखि ३०० रुपैयाँको दायराभित्र उतारचढाव हुँदै आएको छ।

हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने वार्षिकीकरण गरिएको लाभांश क्षमता १०.५० प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ रहेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖