यूएईमा नेपाली समुदायद्वारा बृहत् रक्तदान कार्यक्रम, १०३ जनाले गरे रक्तदान

सचिन्द्र श्रेष्ठ,दुबई । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईको समन्वय तथा नेपाली समाज यूएईको मुख्य आयोजनामा दुबईमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दुबई हेल्थ अथोरिटी (DHA) सँगको सहकार्यमा आयोजित कार्यक्रममा समाजसँग आबद्ध ६० भन्दा बढी नेपाली संघ–संस्थाले सहआयोजना गरेका थिए।

यूएईका विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदाय, सामाजिक तथा व्यावसायिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा २०० भन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक जगन अधिकारीका अनुसार १०३ जनाले सफलतापूर्वक रक्तदान गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ यूएईका संरक्षक सुनिलराज श्रेष्ठले विगतका वर्षको तुलनामा यस वर्षको कार्यक्रम अझ व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको बताए। उनले नेपाली रक्तदाता संघ यूएईले स्वैच्छिक रक्तदान अभियानलाई निरन्तरता दिँदै प्रत्येक वर्ष नियमित रूपमा तीन पटक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

नेपाली रक्तदाता संघ यूएईका अध्यक्ष गोपिनी शाहले ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुरक्षित र गुणस्तरीय रगत संकलनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले नेपाली समुदायको उत्साहजनक सहभागिताले मानव जीवन बचाउने अभियानलाई थप सशक्त बनाएको उल्लेख गरे।

नेपाली समाज यूएईका अध्यक्ष रामबहादुर मोक्तानले कार्यक्रममा सहभागी सबै इच्छुकले रक्तदान गर्न नसकेको जानकारी दिँदै उच्च रक्तचाप, हेमोग्लोबिनको कमी तथा अन्य स्वास्थ्य अवस्थाका कारण केही सहभागी रक्तदानका लागि अयोग्य ठहरिएको बताए। उनले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता मानवीय अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

आयोजकका अनुसार उक्त रक्तदान अभियानले यूएईमा रहेका नेपाली समुदायबीच सामाजिक एकता, मानवीय सेवाप्रतिको समर्पण तथा स्वैच्छिक रक्तदान संस्कृतिलाई थप मजबुत बनाएको छ। आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै समुदायलाई रक्तदानप्रति अझ जागरूक बनाइने जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।