लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा, २४ असार । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब ८३ करोड रुपैयाँ संकलन गरेको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए। यो लक्ष्यभन्दा करिब ९० करोड रुपैयाँ बढी तथा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशत अर्थात् ३७४ करोड रुपैयाँले बढी हो।

पोख्रेलका अनुसार कार्यालयले श्रावणदेखि जेठसम्म हरेक महिनाको राजस्व संकलन लक्ष्य पूरा गरेको छ। असार महिनाका लागि २ अर्ब ९ करोड रुपैयाँको लक्ष्य रहेकामा असार २१ गतेसम्म ६९ करोड रुपैयाँ संकलन भइसकेको छ।

उनका अनुसार अर्थतन्त्रका विभिन्न परिसूचकमा आएको सुधार, आर्थिक गतिविधिमा वृद्धि, नियमित तथा प्रभावकारी बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, बजेटमा व्यवस्था गरिएका कर छुट तथा सहुलियतको प्रभावकारी कार्यान्वयन, परिणाममुखी करदाता शिक्षा तथा करदातामैत्री सेवा प्रवाहका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन सम्भव भएको हो। नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बीजक जारी गर्ने तथा खरिद गर्नेहरूमाथि गरिएको अनुसन्धान र कर निर्धारण तथा कर परिपालनाप्रति करदातामा बढेको उत्साहले पनि राजस्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको उनले बताए।

आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रमा ८२ हजारभन्दा बढी व्यवसायिक करदाता रहेका छन्। कार्यालयको कार्यक्षेत्रमा रुपन्देहीका सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाका केही वडा, देवदह नगरपालिकाका केही वडा, विभिन्न गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को केही क्षेत्र समेटिएका छन्। आगामी दिनमा पनि बजार अनुगमन, बक्यौता असुली र करदाता शिक्षालाई थप प्रभावकारी बनाउँदै राजस्व संकलनलाई अझ सुदृढ बनाइने प्रमुख कर अधिकृत पोख्रेलले बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।