शिव शिखर सहकारीका थप ९६ बचतकर्ताले पाए रकम, फिर्ता पाउने संख्या १,२१३ पुग्यो

काठमाडौं । समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ९६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। यससँगै सहकारीबाट रकम फिर्ता पाउने बचतकर्ताको संख्या १ हजार २१३ पुगेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार पहिलो चरणमा न्यून रकम बचत गरेका सदस्यलाई प्राथमिकताका आधारमा बचत फिर्ता गर्ने कार्य भइरहेको छ। आगामी चरणमा बचत रकमको आकारअनुसार बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः भुक्तानी गरिने जनाइएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा बचतकर्तालाई भुक्तानी भइरहेको स्पष्ट पारेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त घोषित सहकारीहरूको ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई निरन्तर अघि बढाउँदै त्यसबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया जारी रहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।