फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु

काठमाडौं, ९ साउन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि एआई सीप व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आजदेखि काठमाडौंमा सुरु भएको छ।

 

दुईदिने कार्यशाला साउन ९ र १० गते बिहान ७ः ०० बजेदेखि १२स्०० बजेसम्म काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सञ्चालन भइरहेको छ। कार्यशालाको प्रायोजन पनि स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले गरेको छ।

 

कार्यशालामा आईटी विशेषज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन्। 

 

कार्यशालामा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क्याप्सन लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय अडियो रेकर्डिङ, मोबाइल पत्रकारिता, एआईमार्फत फोटो तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण, एआईको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिनेछ।

 

सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक क्याप्सन लेखन, भिडियो स्टोरी निर्माण, अडियो रेकर्डिङ तथा एआई उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी सीप हासिल गर्नेछन्। साथै, समाचार कक्ष मा एआईको प्रयोग, उत्पादकत्व वृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण दिइनेछ।

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले बदलिँदो सञ्चार प्रविधिसँगै फोटो पत्रकारहरूलाई एआईमैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए। उनका अनुसार आधुनिक फोटो पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता अभ्यास विकास गर्न कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

एनएफपिजे नेपालका सदस्य फोटो पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यशाला साउन १० गते समापन हुनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।