‘मिस धनकुटा २०८३’ सिजन–१ को अडिसन असोज ३ गते हुँदै
धनकुटा । रिक्रिएसन मल्टिमिडिया एन्ड इन्टरटेनमेन्टको आयोजनामा ‘मिस धनकुटा २०८३’ (सिजन–१) को अडिसन हुने भएको छ।
आयोजकका अनुसार अडिसन असोज ३ गते हुनेछ। प्रतियोगितामा १६ देखि २७ वर्ष उमेर समूहका युवतीहरू सहभागी हुन सक्नेछन्।
प्रतियोगिताका लागि आवेदन फारम खुला गरिएको आयोजकले जनाएको छ। थप जानकारी तथा आवेदनका लागि ९८२९१७२०५६ र ९८१५३६५९२२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।


