धनकुटामा ‘नेशनल गट ट्यालेन्ट–२०८३’ र ‘मिस धनकुटा–२०८३’ आयोजना हुने

हिराराज राई,धनकुटा । धनकुटामा राष्ट्रियस्तरको ‘नेशनल गट ट्यालेन्ट–२०८३’ तथा ‘मिस धनकुटा–२०८३’ आयोजना गरिने भएको छ। प्रतियोगिताको तयारी, उद्देश्य, छनोट प्रक्रिया तथा कार्यक्रमको रूपरेखाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले दुवै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो।

टिन्ज क्रु डान्स सेन्टर, धनकुटा र रिक्रिएसन मल्टिमिडिया एन्ड इन्टरटेन्मेन्ट प्रा.लि. को संयुक्त आयोजनामा हुने प्रतियोगितामार्फत युवायुवतीमा निहित प्रतिभाको खोजी, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा धनकुटाको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको कार्यक्रम संयोजक सुमन योगी ले जानकारी दिए।

उनका अनुसार विगतमा सफलतापूर्वक सम्पन्न ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ का सात संस्करणपछि यस वर्ष प्रतियोगितालाई राष्ट्रियस्तरमा विस्तार गरिएको हो। यसबाट देशभर रहेका गायन तथा नृत्य क्षेत्रका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै कला–संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतियोगिता १३ वर्षमुनिका (जुनियर) र १४ वर्षमाथिका (सिनियर) गरी दुई उमेर समूहमा सञ्चालन गरिनेछ। अडिसन काठमाडौं, पोखरा, बुटवल, धरान, इटहरी, विराटचोक, दमक, बिर्तामोड, इलाम, फिक्कल, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, ताप्लेजुङ, पाँचथर (फिदिम) तथा भारतको सिक्किमलगायत स्थानमा सञ्चालन हुने जनाइएको छ।

नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बू, दीपेश मगर र सुष्मा क्षेत्री निर्णायक रहनेछन् भने गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती, महेश राई तथा नवीन गजेमार निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ।

‘नेशनल गट ट्यालेन्ट–२०८३’ का विजेताले ५ लाख रुपैयाँ नगद, ५ लाख रुपैयाँ बराबरको जीवन बिमाको पहिलो किस्ता (प्रिमियम), म्युजिक रेकर्डिङको अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले १ लाख रुपैयाँ तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता साउन १६ गते देखि सुरु हुने आयोजकले जनाएको छ।

त्यसैगरी ‘मिस धनकुटा–२०८३’ आगामी असोज ३ गते देखि सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिता बाह्य सौन्दर्यमा आधारित नभई सहभागी युवतीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिक विकास, सार्वजनिक वक्तृत्वकला, सामाजिक उत्तरदायित्व तथा सिर्जनशीलताको मूल्याङ्कनका आधारमा सञ्चालन गरिनेछ।

प्रतियोगिताका विभिन्न चरणमा व्यक्तित्व विकास, सञ्चार सीप, मञ्च प्रस्तुति, शिष्टाचार, स्वास्थ्य तथा फिटनेस, आत्मविश्वास अभिवृद्धि र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ। साथै सहभागीलाई सामाजिक अभियान, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, महिला अधिकार, लैङ्गिक समानता तथा समुदाय विकाससँग सम्बन्धित गतिविधिमा समेत सहभागी गराइने आयोजकले जनाएको छ।

प्रतियोगितामा १६ देखि २७ वर्ष उमेर समूहका, कम्तीमा ५ फिट २ इन्च उचाइ भएका, नेपाली नागरिकता प्राप्त तथा न्यूनतम एसईई वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका युवती सहभागी हुन सक्नेछन्।

‘मिस धनकुटा–२०८३’ की विजेताले १ लाख रुपैयाँ नगद, क्राउन, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछिन्। दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगदसहित क्राउन, मेडल, प्रमाणपत्र तथा अन्य आकर्षक उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक एभेन्टोज रहेको छ भने धनकुटा नगरपालिका, स्थानीय वडा कार्यालयहरू तथा विभिन्न सङ्घसंस्थाले कार्यक्रमलाई सहयोग गर्नेछन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।