प्रहरीको आग्रह : अफवाह नफैलाऔँ, शान्ति र सामाजिक सद्भाव कायम गरौँ

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सुनसरीबाट सुरु भएको प्रदर्शन र त्यसपछि उत्पन्न संवेदनशील परिस्थितिबारे अफवाह नफैलाउन तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले शुक्रबार भिडियो सन्देश जारी गर्दै शान्ति र सुरक्षा अवस्थालाई सामान्य बनाउन सबै नागरिकले संयम, जिम्मेवारी र परिपक्वता प्रदर्शन गर्नुपर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट सूचना तथा अफवाह फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै प्रत्येक नागरिकलाई आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्।

काफ्लेले राष्ट्रिय एकतालाई केन्द्रमा राखेर वर्तमान परिस्थितिलाई सामान्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ सिरहा पुगेको जानकारी दिँदै काफ्लेले मृतकका परिवार, घाइते तथा सरोकारवालासँग भेटघाट गरी उनीहरूका माग र सरोकार सम्बोधन गर्न आवश्यक पहल र सहजीकरण गरिने बताएका छन्।

गृहमन्त्री गुरुङले बिहीबार राति सुनसरी पुगेर मृतकका परिवारसँग सातबुँदे सहमति गरेका थिए। त्यसपछि वर्तमान परिस्थितिलाई शान्तिपूर्ण ढंगले समाधान गर्न सरकार र सुरक्षा निकायले समन्वयात्मक पहल जारी राखेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।