सुनसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा कायम

इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश आजबाट हटाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार आज बिहान ८ः३० बजेदेखि साँझ ५ः०० बजेसम्मका लागि कर्फ्यु हटाइएको हो।

यद्यपि, शान्ति–सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिमा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, सभा वा प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र समावेश छन्।

यसअघि सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्थापछि जिल्ला प्रशासन कार्यालयले साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको थियो। अहिले कर्फ्यु हटाइए पनि सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नभएकाले निषेधाज्ञा जारी राखिएको प्रशासनले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।