संघीय संसदमा पाँच समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं, २० साउन । संघीय संसद अन्तर्गतका ५ समितिको बैठक बस्दैँछ ।

 

सिंहदरवारस्थित संघीय संसद सचिवालयमा उक्त बैठक बस्नेछन ।

 

जसअनुसार अर्थ समितिका बैठकमा पुरानै अजेन्डा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने भएको छ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान १०ः०० बजेबाट नै सुरू हुनेछ । जुन बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।

 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ९ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्‍व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरु सम्बन्धमा छलफल हुनेछ ।

 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण,  मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धमा छलफल हुनेछ भने
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ ।

 

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुनेछ । जुन बैठक अपरान्ह १ः०० बजेका लागि बोलाइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।