पर्बत समाज यूएईद्वारा ‘तिज धमाका २०२६’ आयोजना गरिने

सचिन्द्र श्रेष्ठ,दुबई । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा पर्बत समाज यूएईले आगामी ३० अगस्ट २०२६ (आइतबार) बरदुबईस्थित याक एण्ड यति क्लब एभरेष्टमा ‘तिज धमाका २०२६’ आयोजना गर्ने भएको छ।

नेपाली कला, संस्कृति तथा मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित लोकगायक श्याम राना, चर्चित लोकगायिका सुष्मिता क्षेत्रीलगायत यूएईमा रहेका स्थानीय कलाकारहरूको आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूका लागि परम्परागत तिजको दरसहित विभिन्न नेपाली परिकारको विशेष व्यवस्था गरिएको छ।

प्रवासी नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवारसहित सहभागी भई कार्यक्रमलाई सफल बनाउन पर्बत समाज यूएईले आग्रह गरेको छ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुने दर्शकमध्ये एक जना भाग्यशाली विजेतालाई सुनको तिलहरी विशेष उपहारका रूपमा प्रदान गरिनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।