बेलायतमा भव्य रूपमा मनाइयो यलम्बर स्मृति दिवस

लन्डन । पहिलो किराती राजा यलम्बरको सम्झनामा बेलायतमा ‘यलम्बर स्मृति दिवस’ भव्य रूपमा मनाइएको छ। किरात राई यायोक्खा बेलायतको आयोजनामा अगस्ट १ मा गिल्फोर्टस्थित गेम्बल लेनमा एकदिने विशेष कार्यक्रम सम्पन्न भएको हो।

किरात राई यायोक्खा बेलायतले हरेक वर्ष अगस्टको पहिलो साता यलम्बर स्मृति दिवस मनाउँदै आएको छ। संस्थाका अध्यक्ष मेजर (अवकाशप्राप्त) दिलकुमार राईका अनुसार सन् २००४ देखि बेलायतमा यो दिवस नियमित रूपमा मनाउन थालिएको हो।

कार्यक्रममा धनुषवाण (आर्चरी) प्रतियोगिता आयोजना गरिएको थियो। सहभागी तथा अतिथिहरूलाई किराती परिकार वाचिपा र कठुवामा परोसेको वासिपाबाट स्वागत गरिएको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, समाजसेवी तथा खोटाङका पूर्व जिल्ला सभापति रत्न राईले दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खा बेलायतका अध्यक्ष दिलकुमार राईले गरेका थिए।

विशेष अतिथिका रूपमा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष राकेश राई, आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष योगेश कोयी राई, किराया पूर्व केन्द्रीय अध्यक्ष डा. सुमाया राई, पदम राई, कल्पना राई, कियाचु बेलायतका प्रतिनिधि तथा बेजिङ्स्टोक शाखा अध्यक्ष विजय लिङथेप, बीएफबीएस रेडियो बेलायतका स्टेशन म्यानेजर योगराज राईलगायत विभिन्न शाखाका अध्यक्ष, प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक तथा संस्थाका द्वितीय उपाध्यक्ष कप्तान (अवकाशप्राप्त) सुमनचन्द्र राईले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए। अतिथिहरूले यलम्बरको योगदान, किराती सभ्यता र सांस्कृतिक संरक्षणका विषयमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा यस वर्ष विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका राई समुदायका युवालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

धनुषवाण प्रतियोगितामा समूहतर्फ बान्तावा खिम प्रथम, आसफोर्ड शाखा समिति द्वितीय, ग्रेज शाखा समिति तृतीय तथा फोक्स्टोन शाखा समिति सान्त्वना स्थान हासिल गर्न सफल भए। व्यक्तिगततर्फ बेस्ट मेल सुटर बद्री राई, बेस्ट फिमेल सुटर, बेस्ट जुनियर मेल गौरव राई तथा बेस्ट जुनियर फिमेल याङनुमा राई घोषित भए।

बिहान नाक्छोङद्वारा विशेष सेवापूजाबाट सुरु भएको कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रम महासचिव गंगाराज राईले सञ्चालन गरेका थिए भने दोस्रो चरणको सांगीतिक कार्यक्रम रोजिना राईले सञ्चालन गरेकी थिइन्।

सांगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरू पार्वती राई, ‘द भ्वाइस अफ नेपाल’का फर्स्ट रनरअप रोशन राई, ‘नेपाल आइडल’की फाइनलिस्ट प्रमिला राई तथा गायक राजेन्द्र केरुङले प्रस्तुति दिएका थिए। साथै तायाहाङ्मा राई, जानुका राई, सलोनी राई, लिला गोम्देन राई, बिसी राई तथा किरात राई सांस्कृतिक कलाकार संघ बेलायतका कलाकारहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।