विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुने सातौँ बीबीए कप बास्केटबल लिगको सम्पूर्ण तयारी पुरा

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुने ‘सातौँ विराटनगर बास्केटबल कप’को टोली तथा समूह विभाजन सार्वजनिक गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ र उद्घाटन समारोह आगामी साउन २७ गते अपराह्न ४: ०० बजे तय गरिएको छ।

अन्तर्राष्ट्रिय बास्केटबल महासंघको आधिकारिक नियम अनुसार ‘होम एन्ड अवे’ ढाँचामा खेलाइने यस प्रतियोगितामा ५८ भन्दा बढी खेलहरू हुनेछन्, जसमा २२५ जनाभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउनेछन्। प्रतिस्पर्धालाई रोचक बनाउन छात्र तथा छात्रा दुवै विधातर्फ टोलीहरूलाई दुई-दुई समूहमा विभाजन गरिएको छ। छात्रातर्फ ग्रुप ‘ए’ मा शिक्षादीप, एभरेस्ट, एरागन र अरनिको छन् भने ग्रुप ‘बी’ मा सेन्ट जोसेफ, बीकेभीएम र सगरमाथा रहेका छन्।

त्यसैगरी, छात्रतर्फ ग्रुप ‘ए’ मा बीकेभीएम, कोबास, सगरमाथा र दिल्ली पब्लिक स्कुल तथा ग्रुप ‘बी’ मा शिक्षादीप, अरनिको, एभरेस्ट र सेन्ट जोसेफ रहेका छन्। उद्घाटन समारोहलगत्तै हुने पहिलो खेलमा छात्रातर्फ ग्रुप ‘बी’ मा रहेका सेन्ट जोसेफ र बीकेभीएम एक अर्का संग भिड्ने छन् ।

यस प्रतियोगिताको अघिल्लो संस्करण अर्थात् ‘ छैटौं बिबिए कप’ मा बीकेभीएम विद्यालयले ऐतिहासिक सफलता हात पारेको थियो। उक्त संस्करणको फाइनलमा छात्रतर्फ सगरमाथा विद्यालय र छात्रातर्फ अरनिको विद्यालयलाई पराजित गर्दै बीकेभीएमले दुवै विधामा उपाधि जितेर आफ्नो दबदबा कायम गरेको थियो। साउन २७ देखि भदौ ३० गतेसम्म सञ्चालन हुने यस लिगले स्थानीय स्तरमा विद्यार्थी खेलाडीहरूको क्षमता अभिवृद्धि र बास्केटबल खेलको प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।