एभरेष्टका कराँते खेलाडीलाई बेल्ट र प्रमाणपत्र वितरण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका कराँते खेलाडीहरुलाई आज बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो ।

विद्यालयका कराँते प्रशिक्षक रहनुभएका राष्ट्रिय खेलाडी एवम् राष्ट्रिय प्रशिक्षक विवेक थापाका अनुसार सात जना खेलाडीलाई ग्रीन बेल्ट र प्रमाण पत्र प्रदान गरिएको हो भने २३ जना विद्यार्थीलाई ओरेन्ज बेल्ट र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कराँते व्यक्ति स्वयंको लागि समेत आवश्यकता रहेको चर्चा गर्दै आत्मरक्षा महत्वपूर्ण हुने बताउनुभयो । सबै खेलकुदका गतिविधिको आफ्नै महत्व हुने भन्दै यद्यपी कराँतेका विभिन्न विधाबाट नेपालले आफ्नो पहिचान अन्तर्राष्ट्रिय स्तरमा समेत राख्दै आएको बताउनुभयो ।

उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि खेलकुद आवश्यक रहेको उल्लेख गर्दै त्यसैले एभरेष्टमा विभिन्न खेलकुदका गतिविधिलाई अघि बढाउन अनुभवि र दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराउँदै आएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रा विद्यार्थीले पढाइका साथसाथै कुनै न कुनै अतिरिक्त कृयाकलापमा भाग लिनै पर्ने व्यवस्था मिलाइएको छ, यो सर्वाङ्गीण विकासका लागि एउटा कदम हो ।’ ग्रेडिङ भएका विद्यार्थीलाई बधाई दिँदै उहाँले खेलकुदका क्षेत्रलाई पनि सँगसँगै अघि बढाउन सुझाव दिनुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल कराँते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले खेलकुदले अनुशासन सिकाउने, सामुहिकताको विकास गराउने र व्यक्तिको स्वास्थ्यलाई समेत सकारात्मक भूमिका खेल्ने चर्चा गर्दै निरन्तरता दिन आग्रह गर्नुभयो । ‘सक्दा राष्ट्रलाई नसक्दा पनि स्वास्थ्यलाई’ भन्ने मूल मर्मका साथ पढाई सँगसँगै खेलकुदलाई अघि बढाउन उहाँले आग्रह गर्नुभयो । पढाइका साथसाथै खेलकुदका गतिविधिलाई पनि उत्तिकै प्राथमिकता एभरेष्टले दिएको चर्चा गर्दै उहाँले विद्यालयले बनाइदिएको वातावरणको भरपुर सदुपयोग गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा विद्यार्थी खेलाडीहरुले विभिन्न काता प्रस्तुत गर्दै मनोरञ्जन समेत दिलाएका थिए । एभरेष्टमा हाल सयौंको संख्यामा कराँतेमा आवद्ध खेलाडीहरुको नियमित प्रशिक्षण भइरहेको अतिरिक्त कृयाकलाप इन्चार्ज डंगोलले बताउनुभयो । उहाँका अनुसार एभरेष्टमा दर्जनौं विधामा नियमित अभ्यास हुँदै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।