टिपरबाट खसेर घाइते युवकको उपचारका क्रममा मृत्यु
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार बिहान करिब ११ बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा रोल्पाको लुङ्ग्री गाउँपालिका–३ का २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए।
घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएको थियो। उपचारकै क्रममा दिउँसो १२ः३२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

