मोतिहारीमा ५ पिस्तोल सहित हतियार तस्कर पक्राउ, बारा-रौतहटसम्म तस्करीको आशंका

माेतीहारी, ६ भदौ। रौतहट र बारासँग सीमा जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारण ९मोतिहारी० जिल्लामा प्रहरीले ठूलो परिमाणमा अवैध हतियारसहित एक जना हतियार तस्करलाई पक्राउ गरेको छ।

पुलिस अधीक्षक एसपी स्वर्ण प्रभातको निर्देशनमा अवैध हतियारको तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत रघुनाथपुर प्रहरीले समस्तीपुरका एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा समस्तीपुर जिल्लाको विभूतिपुर थाना क्षेत्रअन्तर्गत मुस्तफापुर निवासी मोहम्मद अहमद रहेका छन्। उनको साथबाट प्रहरीले ५ थान पिस्टल, ५ राउन्ड जिउँदो गोली र १० थान म्यागजिन बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार मजुरहां फायरिङ रेन्ज नजिक एक व्यक्तिले अवैध हतियारको ठूलो खेप आपूर्ति गर्न लागेको विशेष सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा सदर–१ का अनुमण्डल प्रहरी पदाधिकारी दिलीप कुमारको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो।
टोलीमा तुरकौलियाका पर्यवेक्षकीय प्रहरी निरीक्षक धर्मवीर कुमार भारती, रघुनाथपुर प्रहरी प्रमुख प्रहरी अवर निरीक्षक धनञ्जय कुमारसहित जिल्ला आसूचना इकाइ मोतिहारी र रघुनाथपुर प्रहरीका सुरक्षाकर्मी सहभागी थिए।

प्रहरी टोलीले सूचनाका आधारमा तोकिएको स्थानमा घेराबन्दी गरी झोला बोकेर उभिएका संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। उनको झोला खानतलासी गर्दा पाँच थान पिस्टल, पाँच राउन्ड गोली र १० थान म्यागजिन बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे रघुनाथपुर थानामा काण्ड नम्बर २७५र२६ दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका अहमदसँगको सोधपुछ तथा बरामद हतियारको आधारमा यसको तस्करी सञ्जालबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

भारतबाट अवैध रूपमा भित्र्याइएका हतियार नेपालका सीमावर्ती बारा र रौतहटसम्म पुर्‍याउने गरिएको आशंका रहेकाले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाउनुपर्ने देखिएको छ। प्रहरीले बरामद हतियारको गन्तव्य र त्यसमा संलग्न अन्य व्यक्तिको खोजीलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।