जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन सहित एक युवक पक्राउ
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्।
प्रहरीका अनुसार शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा उक्त सटगन बरामद गरिएको हो।
हतियार बरामद भएपछि कर्णलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

