रातभरको खोजीपछि दुई वर्षीया बालिका सकुशल फेला

बारा । कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला परेकी छन्।

कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोल निवासी मुकेशकुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घर अगाडिबाट हराएकी थिइन्।

बालिका हराएको जानकारी उनका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा गराएपछि प्रहरीले तत्काल खोजतलास सुरु गरेको थियो।

बालिकाको खोजीका लागि रातभर विभिन्न समूहमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले कुकुरसहितको टोलीसमेत परिचालन गरी आसपासका क्षेत्रमा खोजी गरेको थियो।

खोजीका क्रममा आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित बाटोबाट बालिकालाई सकुशल फेला पारिएको प्रहरीले जनाएको छ।

फेला परेकी बालिकालाई आइतबार बिहान ११ बजे उनका बुबा मुकेशकुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।