इलाममा चट्याङ लागेर युवक घाइते, तीन पशुचौपाया मरे

इलाम । इलाममा आइतबार परेको चट्याङका कारण एक युवक घाइते भएका छन् भने तीन वटा पशुचौपाया मरेका छन्। चट्याङले देउमाई नगरपालिका–९ मा विद्युत् मिटर बक्समा समेत क्षति पुर्‍याएको छ।

माङसेबुङ गाउँपालिका–३, खलङ्गेमा वाइफाइ जडान गर्ने क्रममा २२ वर्षीय विक्रम लावतीलाई चट्याङ लागेको हो। पवन राईको घरअगाडि रहेको फलामको पोलमुनि बसेका बेला चट्याङ लागेर लावती बेहोस भएका थिए।

न्यू लिंक कम्पनीबाट वाइफाइ जडानका लागि पुगेका लावतीलाई कम्पनीका सञ्चालक योगेश राईले तत्काल दमकस्थित आम्दा अस्पताल पुर्‍याएका थिए। उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका छन्।

यस्तै, देउमाई नगरपालिका–९, सरदार गाउँमा डिल्लीकुमार माबोहाङको घरमा जडान गरिएको विद्युत् मिटर बक्समा चट्याङ पर्दा पूर्ण रूपमा क्षति भएको छ। चट्याङकै कारण गोठमा रहेको एउटा पाडासमेत मरेको प्रहरीले जनाएको छ।

मिटर बक्स र पाडासहित उक्त घटनाबाट करिब ६५ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। घटनामा घरका कुनै सदस्य घाइते भएका छैनन्।

यसैगरी, सूर्योदय नगरपालिका–१३, कोल्बोटेमा हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण गोठमा बाँधिएका दुई वटा गाई मरेका छन्। मानविर नेम्बाङको घरदेखि करिब ५० मिटर दक्षिणमा रहेको गोठमा चट्याङ पर्दा गाईहरू मरेका हुन्।

घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक विवरण संकलन तथा अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।