आफन्त गुमाउनुको पीडामा पनि पीडितको सहयोगमा रजनी

काठमाडौं,१९ भदौ । अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको निशुल्क स्वास्थ्य चेकअपका साथै आबश्यक औषधी बितरण गरिन् ।

फार्मेसिस्ट समेत रहेकी रजनी बाढी आएको दिनदेखि नै पीडितहरुको उद्धार,राहत संकलन तथा बितरणमा खटिएकी छिन् । पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजीत शिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताइन ।

स्वास्थ्य सिबिरका साथ पीडितहरुलाई खाध्य सामाग्री,लुगा,सरसफाइका सामान तथा बालबालिकाहरुलाई कापी,पेन्सील,किताब,ड्रोइङ्ग बुक साथै मनोबैज्ञानिक उपचार स्वरुप खेल्ने सामाग्रीहरु बितरण गरिएको उनले जानकारी दिइन ।

नुवाकोट टुप्चेकी स्थायी रजनी भदौ १० गते आएको बिनाशकारी बाढीपछि हराएकाहरुको उद्दार र राहतका लागि निकै खटिएकी थिइन । बाढीका कारण सोले बजारबाट आफ्नो मावली हजुर आमा,माइजू,भाइ,बुहारीलगायत थुप्रै आफन्तलाई गुमाएकी उनको निरन्तरको प्रयासबाट केही पीडितहरुको उद्दार सफल भएको थियो ।

आफन्तहरु गुमाउनुको पीडाका बाबजुत पनि उद्दार र राहतमा खटिइरहेकी उनले स्थानीय आशीष रिजाललगायतका सहयोगीहरुको साथले अत्यन्तै प्रभाबित उक्त स्थानमा सिबिर संचालन गर्न सम्भव भएको बताइन । उनले बाढीबाट पीडित थुप्रैले अझैसम्म अत्यावश्यक राहत सामाग्री,औषधि उपचार नपाएको देख्दा निकै दुख लागेको बताइन् ।

आफ्नो जन्मभुमिमा हजारौं आफ्ना-आफन्त ले ज्यान गुमाउनुका साथै घर परिवारबिहीन भएको देख्दा हृदय छियाछिया भएको बताउदै उनी भन्छिन्,’यो कुनै एउटा ठाउँको मात्रै पीडा होइन, सारा नेपाली,सारा विश्व दुखी छ । त्यसैले सबैले हृदय खोलेर सहयोग गर्नुस प्लीज।’

‘परदेशी’ जस्तो ब्लकबस्टर फिल्मकी नायिका रजनीको यही दशैमा नयाँ फिल्म ‘छ माया छ्पक्कै २’ प्रदर्शन हुदैछ । अभिनयका साथमा फार्मेसीस्ट,योग-ध्यान प्रशिक्षण,ब्याबसाय अनि समाजसेवीका रुपमा पनि उनी सकृय छिन ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।