भोटेकोशी बाढीका मृतकको सम्झनामा अबुधाबी स्थित नेपाली दूतावासमा दीप प्रज्ज्वलन

अबुधाबी— रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको प्रलयकारी बाढीबाट ज्यान गुमाएका दिवंगत आत्माहरूको सम्मानमा अबुधाबीस्थित नेपाली राजदूतावासमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरिएको छ।

राष्ट्रिय गान र मौनधारणबाट सुरु भएको शोकसभामा बाढी तथा विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो। साथै, पीडित परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते तथा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार र परिवारसँग पुनर्मिलनको कामना गरिएको थियो।

दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित साँझ दूतावास परिसरमा दीप प्रज्ज्वलन गरिएको थियो। नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक मनाउने क्रममा दूतावासको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

यस अवसरमा शोक तथा समवेदना प्रकट गर्न इच्छुक युएईमा रहेका सम्पूर्ण सक्रिय संघसंस्था, समाज, विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरूका लागि दूतावास परिसरमा समवेदना पुस्तिकासमेत राखिएको थियो। उपस्थित सहभागीहरूले उक्त पुस्तिकामा आ–आफ्ना श्रद्धाञ्जली तथा समवेदनाका सन्देश लेख्दै हस्ताक्षर गरेका थिए।

शोकसभालाई सम्बोधन गर्दै नेपाली राजदूत तेजबहादुर क्षेत्रीले विनाशकारी बाढीका कारण भएको जनधन तथा भौतिक सम्पत्तिको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सबैले हातेमालो गर्दै सहयोगी भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

राजदूत क्षेत्रीले नेपाललाई युएई सरकारले उपलब्ध गराएको राहत तथा सहयोगको प्रशंसा गर्दै नेपाल सरकारका तर्फबाट युएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो। उक्त सहयोग प्राप्त हुनुमा युएईमा रहेका नेपाली समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नेपाली समुदायप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो।

उहाँले विपद्को समयमा नेपाललाई सहयोग गर्ने विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै युएईमा रहेका नेपालीहरूले खुला हृदयले गरेको मानवीय सहयोगको प्रशंसा गर्नुभयो।

शोकसभामा युएईमा रहेका एनआरएनए एनसीसी, गैरआवासीय नेपाली संघ, नेपाली समाज लगायत विभिन्न सामाजिक तथा वैचारिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी प्रतिनिधिहरूले बाढीबाट प्रभावित तथा ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को यस दुःखद् घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रममा नेपाली राजदूतावास परिवारसहित ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायको पीडामा साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

बाढीले पुर्‍याएको क्षति र पीडाको स्मरण गर्दै आयोजित दीप प्रज्ज्वलन तथा शोकसभा दुःखको घडीमा नेपाल र नेपाली समुदायबीचको एकता, मानवीय संवेदना र सहयोगी भावनाको सशक्त अभिव्यक्ति बनेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।